News Portal

घरघरै फिर्ता भए फोहोरका पोका

चैत १७ स्याङ्जा । नगरपालिकाको टिपर टक्क घरअगाडि रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’

अलमलमा परेका घरधनीले खुरुखुरु हात थापे खोलेर हेर्दा त्यसमा फोहोर थियो । त्यही फोहोर जुन उनीहरुले राति सुटुक्क लगेर खोल्सामा फालेका थिए ।

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरुलाई नै फर्काइदिएको हो । यसै कारण वालिङ बजारमा विहान केही घण्टा निकै चर्काचर्की चलेको थियो ।

फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेको घरमा पुर्याइएको नगरपालिकाले जनाएको छ । फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी छन् । फोहोर फाल्नेलाई फेरि त्यस्तो नगर्न सचेत गराइएको वडाध्यक्ष गैरेले बताए ।

Leave A Reply

Your email address will not be published.