News Portal

संगीतकार टंक बुढाथोकी र बसन्त सापकोटा बीच “लफडा”

काठमाडौँ । गायिका समीक्षा अधिकारीलाई लिएर नेपालका दुई संगीतकार तथा गायकहरू बसन्त सापकोटा र टंक बुढाथोकी बीच विवाद उत्पन्न भएको छ।उनिहरू गायिका समीक्षा अधिकारीकाे बिषयमा एक फेसबुक स्टयाटसलाई लिएर विवाद उत्पन्न भएको हो ।

संगीतकार तथा गायक टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोष्ट गरेको एक स्टयाटसको विषयमा यी दुई बीच विवाद उत्पन्न भएको जस्तै देखिएको छ । टंकले गायिका समीक्षा अधिकारीलाई आफ्नो संगीतको पहिलो काम गराएको भन्दै उल्लेख गरेका छन । जसलाई लिएर सापकोटाले आपति जनाएका छन ।

आईतबार टंक बुढाथोकीले सामाजिक संजालमा समीक्षा पहिलो पटक आफुसँग काम गर्न आएको र आफ्नो संगीतमा पहिलो काम गरेको भन्दै पोष्ट गरेका छन । फेसबुकमा उनी लेख्छन , “नमस्कार ।हजुरहरु धैरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी स्टुडियो नायन सम्म आइपुग्नु भएको छ र मेरो संगीतको पहिलो काम गराएको छु । नानीलाई हेरर सबैले साथ दिनुहुन अनुरोध गर्दछु ।” स्टयाटस संगै उनले,“टंक बुढाथोकीसँग काम गर्दै समीक्षा,काम गरेको पैसा पाउँदा खुशी” शीर्षकको भिडियोकाो युटुब लिंक पनि हाले ।

टंकको उक्त स्टयाटसप्रति आपति जनाउँदै संगीतकार बसन्त सापकोटाले अग्रजलाई सम्मान गर्न सुझाउदै सामाजिक संजालमा स्टयाटस राखेकम थिए। जस मार्फत उनले समीक्षाको यसअघि नै नाई न भन्नु ल ५ को गीत बालापनको उमेर बोलको गीत सबैतिर चर्चित जानकारी पनि गराएका छन । सापकोटाले आपति जनाउदै लेखेका छन ,“टंक भाई अग्रजहरुको सम्मान गर्न सिकौ ल , समीक्षाको पहिलो गीत नाई न भन्नु ल ५ को गीत बालापनको उमेर बोलको गीत सबैतिर चर्चित भईसकेको र सबैको प्रेरणाको नानी अगाडि बढिरहेको अवस्थामा यो काम त सुर्यलाई हत्केलाले छोप्न खोजे जस्तो भएन र ? कि भाई अर्कै दुनियाँबाट आउनु भएको हो ।तपाईको यो लेखाइले तपाईको उचाइ कम गराउछ। यसले न समीक्षालाई फरक पर्छ न मलाई फरक पर्छ।”

टंकको उक्त स्टयाटस प्रति सामाजिक संजालमा धैरैले आप्पति जनाएको देखिएको छ । समीक्षको विषयलाई लिएर टंक बुढाथोकी सामाजिक संजालमा चर्काे आलोचना खेपिरहेका छन । तर केहिले बुझ्इमा कमि भएको भन्दै टंकको सर्मथन गरिरहेको पनि साामाजिक संजालमा देखिएको छ । टंकको स्टयाटसको आसय नबुझी टिप्णी गरिएको भन्दै केहीले आपति जनाएको सामाजिक संजालमा देख्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.