News Portal

इटहरीको एक हाेस्टेलमा प्रहरीकाे छापा, नेटवर्किङकाे नाममा सर्वसाधारण ठगी गर्ने ६ पक्राउ

इटहरी। ओरियन्स नेटवर्किङ नाममा हाेस्टेल नै खाेलेर सर्वसाधरणलाई ठगी गर्ने ६ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई इटहरी ५ मा सञ्चालन गरी बसेको होस्टल बाट ओरियन्सका औषधी सहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट २८८ थान ओरियन्सका बिभिन्न औषधिहरु समेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुको बिषयमा इटहरीमा पत्रकार सम्मेलन गरी डिएसपी समिरचन्द्र खरेलले सर्वसाधरणको करिब ९ लाख १३ हजार ठगी गरेको जानकारी दिए । १५ जनाको किटानी जाहेरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको र ठगी मुद्धा चलाइएको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सर्लाही लाबन्दीका सम्भु बहादुर भुजेल, सुर्खेतका प्रकाश राउत, सोही स्थान बस्ने महेश शर्मा, लक्ष्मी पुन मगर, र मनिषा सुवेदी र सप्तरीका अर्जुन प्रसाद चौधरी छन् ।ओरियन्स नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय हो । ओरियन्सले सामाजिक संजाल तथा विभिन्न माध्यम द्वारा पिरामिड शैलीमा सर्वसाधरणलाई सदस्य बनाउदै कम्पनिका सामानहरु बिक्री गर्ने गरेको, जति धेरै रकम भुक्तानी गर्याे त्यती ठुलाे पद (Daimond) पाइने भनि अाश्वासन दिदै ठगी गर्ने गरेकाे डिएसपी खरेलले बताए ।

Leave A Reply

Your email address will not be published.