News Portal

टिपर आतङकःटिपरको ठक्करबाट प्राध्यापकको मृत्यु

चैत १९ काठमाडौँ । बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसङ्ख्या विषय अध्यापन गराउँदै आएका डोलराज अर्यालको टिपरको ठक्करबाट मृत्यु भएको छ ।सोमबार साँझ सवा सात बजे तिर देवदह नगरपालिका खैरेनीबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियाे।

ठक्करबाट मोटरसाइकलमा सवार अर्यालको मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै भएको दुर्घटनामा प्राध्यापक अर्यालको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

टिपरको ठक्करबाट टाउकोमा गम्भीर घाइते भएका अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.