News Portal

लाजिम्पाटबाट जबर्जस्ती उठाई कलङ्कीको सपना गेष्ट हाउसमा लगेर मारेर फरार रहेका ठाकुर प्रसाद पक्राउ

नेपाल प्रहरीले नयाँ बजारकी रसमाया गुरुङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले २०७० जेठमा श्रीमान् विदेशमा रहेको अवस्थामा रसमायालाई लाजिम्पाटबाट जबर्जस्ती उठाई कलङ्कीको सपना गेष्ट हाउसमा लगेर मारेर फरार रहेका ठाकुरप्रसाद तिमल्सेनालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।


परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले गुरुङलाई जबर्जस्ती बन्धक बनाई रु एक लाखको कागज गराई मारेर फरार रहेका तिमिल्सेनालाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले यसअघि गुरुङको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइसकेको परिसरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.