News Portal

मृत घोषणा गरिएको शवलाई चार धामी उफ्रिँदै झारफुक गर्न थालेपछि…

विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।

उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए ।

अन्नपूर्ण पोष्टका अनुसार धामी भने जसरी पनि भुवनदेवीलाई ‘बचाएर छाड्ने’ वाचा गर्दै भीड र आफन्तहरुलाई ढाडस दिइरहेको थिए । परिवारकै सदस्यले सामूहिक रुपमा झारफुक गर्न लगाएरका रहेछन् । बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो ।

भुवनदेवी मण्डलको मृत्यु नभई मृतक घोषणा गरेको धामिहरुको आरोप थियो । परिवारका सदस्य पनि झारफुक मार्फत निको पार्ने दावी गर्दै भुवनदेवीलाई घर लाने पक्षमा थिए । यद्यपी प्रहरी र अस्पतालले अस्वीकार गर्दै उनलाइ शव गृहमै हुलेका थिए । त्यसअघि धामीहरुले शर्पले टोकेको २ दिनसम्म पनि विष झारेर मानिसलाई बचाउने अस्वशन दिएको मृतकको श्रीमान विनोद मण्डलले बताए । अन्तत: भुवनादेवीको मृत्यु भइसकेकाे थियो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले भने घटनाको अनुसन्धान आवाश्यक रहेको बताएका छन् । मृतकका आफन्तले एउटा खुट्टामा सर्पले ढसेकाे बताएपनि अर्को खुट्टामा चोट भेटिएकाले पेष्टम्याटम पछि मात्रै सत्य तथ्य थाहा हुने बताए । उनले भने- ‘अस्वभाविक घटनामा जसले जे भनेपनि प्रहरीले कानुनी प्रकृया पुरा गर्छ ।

Leave A Reply

Your email address will not be published.