News Portal

मृतक परिवारलाई ५ लाख दिने अध्यक्ष दाहालको घोषणा

बारा । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

अध्यक्ष दाहालले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा राख्दैपार्टीले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । अध्यक्ष दाहालले हावाहुरीबाट प्रभावितलाई भेट्न मंगबार बिहान ११ बजे मधेस झरेका थिए ।

उनले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका छन् । साथै, अध्यक्ष दाहालले आयोजित एक औपचारिक कार्यक्रममा संबोधन पनि गरेका थिए ।

Leave A Reply

Your email address will not be published.