News Portal

भिनाजुसँग मिलेर श्रीमानको हत्या, यस्ताे थियाे भिनाजुसँग सम्बन्ध

चैत १९ बुटवल । गत बुधवार साँझ बुटवलको मैनाबगरमा फिरोज खान हत्यामा उनकै श्रीमती साइना खातुनले योजना बनाएको प्रहरीले जनाएको छ ।

भिनाजु साइनो पर्नेसँग प्रेम सम्बन्धमा रहेकी साइनाले उनैसँग मिलेर श्रीमानको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

फिरोजलाई गोली हानी हत्या गर्ने भारतीय नागरिक कादिर अन्सारी फरार छन् । श्रीमानको हत्या गर्न योजना बनाएकी साइनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको मैनाबगरस्थित ज्योती इन्जिनियरिङ वर्कसपमा कार्यरत खानको बुधवार राति गोली हानी हत्या गरिएको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हृदय थापाले खानको हत्यालाई सूक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा साइनाले भिनाजु कादिरसँग मिलेर हत्या गरेको पत्ता लागेको बताए ।

कादिर अन्य अपराधिक गतिविधिमा संलग्न भएकाले विभिन्न अपराधमा मुद्दा चलेका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए । उनी नवलपरासी हुँदै बुटवल आएर खानको हत्या गरी भारततर्फ भागेको प्रहरीको दाबी छ ।

Leave A Reply

Your email address will not be published.