News Portal

अब कसैले बन्दुक बोक्नुपर्ने अवस्था छैन् : मुख्यमन्त्री राई

चैत्र १९ सोलुखुम्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए ।

माप्य दुधकोशी गाउँपालिकाको समिक्षालय हल र प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा विप्लब समूहलाई लक्षित गर्दै मुख्यमन्त्री राईले मूलुक सम्बृद्धिको दिशामा अघि बढि सकेकाले बन्दुक बोक्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

मुख्यमन्त्री राईले जनताकै आँगनमा स्थायी सरकार भएकाले बजेटका लागि राजधानी धाईरहनुपर्ने अवस्था नरहेको बताउदै संघीय संरचनाबाट मात्र विकास र सम्बृद्धि संभव रहेको बताए । उनले भने, ‘सडक, पिउनेपानी, शिक्षा, स्वास्थ्य, संचार, वेरोजगारी र गरिबीको अन्त्यका लागि तिनै तहको सरकार लागि परेका छौ ।’ जनप्रतिनिधिलाई जनतालाई ढाट्ने सुविधा नभएकाले सम्बृद्धि नआउला की भन्ने तहबाट शंका नगर्न आग्रह गरे ।

पर्यटन र कृषिको विकास, जलस्रोतको उपयोगिता, रोजगारी सृजना लगायतका विषयमा गम्भिर ढंगले लागेको राईको भनाई छ । हिमाल र तराईलाई जोड्नका लागि केचनापुरदेखि सगरमाथासम्म केवलकारको अवधारणा अघि बढाएको मुख्यमन्त्रीले बताए । प्रदेश र संघीय सरकारसंग समन्वय गरेर दिगो विकासमा लाग्न स्थानीय तहलाई आग्रह समेत गरे ।

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले भौतिक पुर्वाधारका हिसाबले जिल्लाले फड्को मारेको दाबी गरे । संघीय संरचनामा स्थानीय तहका जनप्रतिनिधिहरुले घरदैलोमै पुगेर जनमूखि काम गरेको आफूले पाएको राईले बताए । उनले भने, ‘केन्द्र विवादका कारण माप्य दुधकोशीले अन्य संरचना निर्माण गर्न नसकेको हो । मैले ग्रामिण विकास राम्रो भएको पाएको छु ।’ प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले जनताको आवश्यकताको आधारमा बजेटको व्यवस्था र कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको बताए । उनले भने, ‘सकैसाथ सम्पुर्ण क्षेत्रको विकास र सुधार हुदैन् । स्रोत साधनको समुचित प्रयोगबाट विकास क्रमश हुदै जानेछ ।’

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले हिमाली र पहाडी जिल्लाको विकासको लागि समानुपातिक विकासको अबधारणा अनुसार विकास बजेट विनियोजन गर्नुपर्ने बताए । उनले तराई र हिमाली जिल्लालाई हेर्ने दृष्ट्रिकोण फरक हुन सके मात्र हिमाली जनताको मुहारमा हाँसो छर्न सक्ने बताए । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खुम्बुपासाङल्हमू गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको सहकार्यमा ९ करोड लगानी र्ओलाङघाट स्थित दुधकोशी नदिमा बन्न लागेको मोटरेबल पुललाई आवश्यक बजेटको माग गरे ।

राईले खालिङ समुदायको संस्कृति झल्कने चिण्डो निर्माण, वाकु स्थित तामाखानी उत्खनन् र ठूला जलविद्युत आयोजना संचालनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले निर्वाचनका बेला जनाईएको प्रतिबद्धता अनुसार विकासका क्रियाकलाप संचालन गरिरहेका दाबी गरिन् । समिक्षालय हल गाउँपालिकाको ३२ लाख र ६४ लाखको लागतमा बासा प्रहरी चौकीभवन निर्माण गरिएको हो । कार्यक्रमका अबसरमा जग्गादाता वडा नं ३ का नवराज राईलाई सम्मान–पत्र सहित सम्मान गरिएको छ ।

राकेश नेपाली पुर्बेली न्युजबाट

Leave A Reply

Your email address will not be published.