News Portal

आज पनि हावाहुरी र वर्षाको सम्भावना

काठमाडौँ । केहीदिनयतादेखि देशका विभिन्न स्थानमा हावाहुरीका कारण अप्रिय समाचारहरु आइरहेका छन् । बारा र पर्सामा आएको विनाशकारी हावा हुरीका कारण देश नै शोकमा डुब्न पुग्यो । हावाहुरीका कारण ३१ जनाको ज्यान गयो भने कैयौँको संख्यामा सर्वसाधारणहरु घाइते बनेका छन् ।

यसैबिच बुधबार देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार र बिहिबार देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ। बुधबार अपराह्न ३ बजेपछि देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्न सक्ने बताइएको छ। तर महाशाखाले हावाहुरीको गति र क्षमता कस्तो हुने भन्नेबारे महाशाखा स्वयम मौन छ ।

महाहशाखाका अनुसार प्रि मनसुन जारी रहेको हुँदा हावाहुरी, चट्याङ तथा असिनापानी भने पर्ने महाशाखाको भनाई छ । महाशाखाका अनुसार आज देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू९भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू९भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी भू९भागका थोरै स्थानमा, मध्य तथा पश्चिमी भु-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.