News Portal

प्रेमिकाले पटक पटक विवाह गर्न दबाब दिएपछि प्रेमिकाको हत्या गरेको खुलासा

चैत २०मेारङ्ग। प्रेमिकाले पटक पटक विवाह गर्न दबाब दिएपछि बेलबारी ४ की २६ वर्षीया रमिला राईको हत्या योगेन्द्र गुरुङले गरेको खुलेको  प्रहरीले जनाएको छ ।

प्रेमिका हत्या अभियोगमा पक्राउ परेका गुरुङले पटक पटक विवाह गर्न दबाब दिएपछि आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन राईको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।राजनीति र समाजमा राम्रो छवि बनाएका गुरुङको श्रीमती र २ छोरा छन् ।

रमिलासँग विवाह गर्ने पक्षमा नरहेका गुरुङले रमिलाको दबाबका कारण गाउँमा हल्ला हुने डरले राईको हत्या गरेको बयान प्रहरीमा दिएकाे प्रहरीले जनाएको छ ।

फागुन १७ मा गुरुङले आफ्नै घरमा रमिलाको हत्या गरी आफ्नै गाडीमा कोशी ब्यारेज लगेर फालेका थिए । रमिलाको शव २६ दिनपछि फेला परेको थियो ।

प्रहरीले उनीमाथि अनुसन्धान पुरा गरेर मंगलबार सरकारी वकिलको कार्यालय बुझाएको छ ।

स्थानीय र रमिलाका आफन्तले भने शवको प्रकृति हेर्दा हत्यामा अन्य व्यक्तिको पनि संलग्न रहेको आशंका गरेका छन् । उक्त विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.