News Portal

दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

झापा / झापाको दमक नगरपालिका-९ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार दिऊँसो पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ८ प ८८९६ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ६ ख ४७१५ नम्बरको ट्रकले पछाडीवाट ठक्कर दिंदा मोटरसाइकल चालक ईलामको चुलाचुली गाउँपालिका-६ बस्ने १८ बर्षीय ओमन राई र सोही मोटरसाईकलको पछाडी सवार ६२ बर्षीय सुवास राई घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा सुवास राईको दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दकमले जनाएको छ । अर्का घाईते ओमन राईको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.