News Portal

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक विवाह भएको चार महिना नपुग्दै डिभोर्स गर्दै !

चैत २० वासिङटन । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच विवाह भएको चार महिना मात्र पुगेको छ । पछिल्लो तीन महिना उनीहरु हनिमुनको मुडमै रहेको तस्बिर समेत सार्वजनिक भएका थिए ।

निक र प्रियंकाको रोमान्टिक तस्बिर सार्वजनिक भएका थिए । तर विवाह भएको चार महिनामै उनीहरु डिभोर्सको तयारी भएको अमेरिकी मिडियाको दावी छ ।

अमेरिकी म्यागजिन ओके सहित अन्य केही अनलाईनले त्यस्तो दावी गरेका हुन् । उनीहरु दावी अनुसार निक र प्रियंका डिभोर्सको तयारीमा नै पुगिसकेका छन् ।

निकको परिवार समेत प्रियंकासँग खुसी हुन नसकेको थप कारण उनीहरु बिचको डिभोर्सको तयारी हो । उनीहरु नजिक भएको छोटो समयमै विवाहको योजना बनाउँदा उनीहरुबीच मनमुटाव उत्पन्न भएको हो ।

म्यागजिन ओकेले निक प्रियंकालाई विवाहअघि समझदार र सरल युवती ठान्थे भनी उल्लेख गरेको छ । तर विवाहपछि उनले नियन्त्रण गर्न थाल्दा निक उनीसँग टाढिन खोजेको मिडियाले उल्लेख गरेका छन् ।

विवाह भएको तीन महिनासम्म पनि उनीहरु हनिमुन मूडमै देखिन्थे । सार्वजनिक स्थानमा पनि चुम्बन गर्दै एक अर्कामा लिप्त भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

अचानक सम्बन्धमा दरार उत्पन्न भएको समाचार अमेरिकी मिडियामा आएको हो । प्रियंका भन्दा १० वर्ष कान्छा निक हलिउडमा स्थापित गायक हुन् । विवाहपछि अमेरिकामा रहँदैआएका उनीहरु डिभोर्सको विषयमा सहमतिमा पुगेको पनि बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.