News Portal

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ ।

दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि चार नेता प्रहरी हिरासतमा छन् ।२०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समितिमा ४१ जना मा आइपुगेको छ ।

यो समाचार आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Leave A Reply

Your email address will not be published.