News Portal

आज देशभरिकै मौसममा बदली : ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने  

काठमाडौँ । आज सनिबार देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले काठमाण्डौसहित देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । आज श्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।

मौसमविदका अनुसार आज देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको छ ।पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।आज देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.