News Portal

सुनसरीमा गोलि चल्दा एकजना घाइते

चैत्र २३ इनरुवा । सुनसरीको नरसिंङ भोक्राह गाँउपालिका ८ मा नेपाल प्रहरीले गोलि चलाउदा एकजना घाइते भएका छन् ।

स्थानीयहरुले दिएको जानकारी अनुसार शुक्रबार अन्दाजी ४ बजेको समयमा मोटरसाइकलमा सवार माथि प्रहरीले गोलि चलाउदा जियाउल मिया नाम गरेको मान्छे घाइते भएको हो । उनलाई उपचारको लागि धरान पठाइएको छ भने यसबारे औपचारिक जानकारी आएको छैन ।

यो विषयमा सुनसरी प्रहरीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Leave A Reply

Your email address will not be published.