News Portal

आज मुलुकभर मेघ गर्जन सहित हावाहुरी र वर्षा हुने

चैत २३ काठमाडौँ। काठमाडौँ उपत्यकाको बिहानैदेखि मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भएको छ ।

यससँगै आजको उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन र हावाहुरी सहित वर्षा भएको छ । मौसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो । पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ ।

 

 

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथ वर्षाको सम्भावना पनि देखिन्छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ । देशका पुर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ ।

Leave A Reply

Your email address will not be published.