News Portal

यौनाङ्गमा रौं राख्नुको फाइदाहरु यस्ता छन

चैत २३ एजेन्सी।  कतिपय महिलाहरूले आफ्नो यौनाङ्गको रौं खौरिने गरेको हुन सक्छ । खासगरी पश्चिमी संस्कृतिको प्रभाव र पोर्नोग्राफीका कारण यौनाङ्गका रौं खौरिन्छन् ।

तर, यौन विशेषज्ञहरुका अनुसार यौनाङ्गको रौं कहिल्यै खौरिनुहुँदैन । ती रौंले मानिसको स्वास्थ्यमा सकारात्मक सहयोग गरिरहेको हुन्छ ।

खासगरी महिलाहरुले योनीको रौं काट्न हुन्न । रौं खोरिएमा सफा जस्तो त लाग्न सक्छ तर योनीमा चाडै इन्फेक्सन पनि हुन सक्छ ।

रौं भएमा योनीभित्र इन्फेक्सन हुन पाउदैन वा सम्भावना कम नै रहन्छ । किनभने योनीको रौंले नै कुनै पनि फोहोरलाई नियन्त्रण गर्छ र भित्र पस्न दिदैन ।

योनीको रौं जस्ताको तस्तै राख्नुको अर्को कारण पनि छ । जुन के हो भने योनीको वरीपरि रौं हुदा र रौ नहुँदा यौन सम्पर्कमा पनि भिन्नता हुन्छ ।

रौं नहुँदा भन्दा रौ हुँदाखेरि यौन सम्पर्क गर्दा महिलाले बढी आनन्द लिन सक्ने यौन विशेषज्ञहरुको भनाइ छ । यसकारण यौनाङ्गको रौं काट्न नहुने बताइन्छ । बरु आफ्नो यौनाङ्गलाई सधै सफा राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.