News Portal

दाङमा फेरी भयानक दुर्घटना : बसको पट्टा भाच्चिँदा भीरबाट खस्यो

काठमाडौं । आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो ।

दुर्घटना परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.