News Portal

लोकप्रिय भिडियो एप टिक टकमाथि भारतमा प्रतिबन्ध

चैत २४ एजेन्सी।लोकप्रिय भिडियो एप टिक टकले अश्लिलता बढाएको भन्दै भारतको मद्रास राज्यले टिक टकमाथि  प्रतिबन्ध लगाइएको छ ।

यो चिनिया एपले अश्लिलता बढाएको भन्दै मद्रास हाइ कोर्टले रोक लगाउन आदेश दिएको हो ।अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ ।

टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय\नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् ।

मद्रास हाइकोर्टको बेन्चले एपविरुद्ध दायर गरिएको रिट निवेदनमाथि बुधबार सुनवाई गरेको थियो । अदालतले भनेको छ कि टिकटकको प्रयोग गर्ने दर्शकहरु बच्चाहरु पनि भएको र उनीहरु यौनशोषणको खतरामा रहने दावी गरेको छ ।

एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अश्लिल साहित्य सांस्कृतिक गिरावट, बाल शोषण, आत्महत्याहरुको हवाला दिँदै एपमाथि प्रतिवन्ध लगाउने निवेदकले माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.