News Portal

लोकसभा चुनावमा लड्दैछन् बलिउडका यी चर्चित कलाकार

मुम्बइ। बलिउडमा केही यस्ता कलाकारहरु छन् जो राजनीतिमा होमिएका छन् । कोही राजनीतिमा फ्लप भएपछि पुनः बलिउडमा फर्किएका थिए भने कतिको करिअर अझै राजनीतिमा रहेको छ । मिडिया रिपोर्टका अनुसार सन् २०१९ मा हुन गइरहेको लोकसभा चुनावका लागि यी चर्चित कलाकारहरु विभिन्न ठाउँबाट उम्मेदवार छन् ।

प्रकाश राजः फिल्ममा दमदार अभिनय गर्ने प्रकाश राज स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्दैछन् । उनी बंगाल मध्यबाट चुनावमा उम्मेदवार भएका छन् ।

उर्मिला मातोंडकरः कुनै समय बलिउडकी चर्चिच ग्ल्यामरस अभिनेत्री भारतीय कांग्रेस पार्टीबाट चुनावमा उठेकी छिन् । उनलाई उत्तर मुम्बइका लागि टिकट दिइएको छ । जया प्रदाः रामपुरबाट १० वर्षसम्म एमपी भएर सेवा गर्दै आइरहेकी उनी यस पटकको चुनावमा पनि उठ्दैछिन् । उनी तेलुगु देशम पार्टीकी नेतृ थिइन् । उनले हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी छिन् ।

जया बच्चनः राज्यसभा चारपटकसम्म सदस्य बनेकी समाजवादी पार्टीकी नेतृ जया यस पटकको लोकसभा चुनावकी बलियो उम्मेदवार हुन् । किरोन खेरः अभिनेत्री तथा राजनीतिज्ञ किरोन खेर यस पटक पनि चण्डीगडबाट चुनाव लड्दै छिन् । उनी बिजेपी नेतृ हुन् । इशा कोपिकरः यसै वर्षको सूरुवातमा विजेपी प्रवेश गरेकी इशा लोक सभा चुनावी मैदानमा उठ्दैछिन् ।

Leave A Reply

Your email address will not be published.