News Portal

धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० जनाभन्दा बढी यात्रु घाइते

चैत्र २५ धरान। भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटना भएको छ ।

बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने काम भइरहेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । स्थानीयको भनाइ  अनुसार  बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ ।

हालसम्म बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालकको साइटतर्फ नै दुर्घटना हुन पुगेको हो ।

Leave A Reply

Your email address will not be published.