News Portal

लुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार :प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गरेका छन्।
प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले विगतका लगत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे। प्रधानमन्त्री ओलीले अव अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार–निजी क्षेत्र कसैलाई पनि नरहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताए। उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको उल्लेख गरे।

लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताए। अर्थमन्त्री खतिवडाले मुलुकको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताए।

Leave A Reply

Your email address will not be published.