News Portal

लोड सेडिङमुक्त मन नपराउने तत्वहरू छन्,विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन: कुलमान घिसिङ

चैत २५ काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरेको बताएका छन् ।

उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लोड सेडिङमुक्त भएको र प्राधिकरण नाफामा गएको मन नपराउने तत्वहरुले वर्तमान नेतृत्वमाथि आपेक्ष लगाउने काम गरेको भन्दै आपत्ति जनाए । ‘प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक टे«ड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणलाई कमजोर बनाउन खोज्ने, विगतमा नेतृत्वमा बस्ने र प्राधिकरणभित्रका कर्मचारीहरु चिनेको उनले बताए । विभिन्न समाचार माध्याममार्फत ६० लाख भत्ता लिएको झुठा आरोपको उनले खण्डन गरे ।

उनले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको बताए । प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानबिन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको उनले स्पष्ट पारे ।

घिसिङले आगामी चार वर्षभित्र सबै नागरिकको पहुँचमा विद्युत पु(याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको जानकारी दिए । अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको उनले बताए । उनले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिवद्धता जनाए।

Leave A Reply

Your email address will not be published.