News Portal

नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारका अध्यक्ष देव परियारको सभापतित्वमा सम्पन्न

मणि लामा
दोहा, कतार| अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले नेपाली नयाँ बर्ष २०७६ को “शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम २०१९” विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि गत शुक्रबारका दिन कतार स्थित अल दोसरी पार्कमा भब्यताका साथ सम्पन्न गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन अन्तरास्ट्रिय नेपाली समाज कतारका अध्यक्ष देव परियारको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संगठनकै निवर्तमान इन्चार्ज एवं वर्तमान सल्लाहकार शिवराज भट्टराई रहनु भएको थियो भने विशेष अतिथि हरुमा सल्लाहकार संयोजक दुर्गा सुनार,बिरेन्द्र महतो, राजेन्द्र पराजुली, कार्यक्रम संयोजक राजाराम शाही हुनुहुन्थ्यो।त्यसैगरि प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेल, जनसम्पर्क समिति कतारका महामन्त्री महमद अजित अलि, जन प्रगतिशिल मंच कतारका मोहन कार्की, तराइ मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान, बिबेकशील नेपाली दल कतारका तिर्थ कार्की, बिबेकशील साझा कतारका अध्यक्ष सन्तोष केसी, पत्रकार महासंघ साखा कतातारका अध्यक्ष करिम बक्स मिया, दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार, परियार मित्रता समाज कतारका अध्यक्ष पूर्ण बहादुर नेपाली , कतारी नागरिक महमद अल दोसरी, समाजसेवीहरु सुमन नेपाली, प्रभात भुजेल,भरत परियार,प्रेम परियार अहमद मिया, बिनय मिश्र, प्रकाश परियार, कृष्ण परियार लगायत स्थानीय कलाकार, पत्रकार ,नयाँ शक्तिका कार्यकर्ता र कतारमा कार्यरत नेपालीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै, प्रमुख अथिति भट्टराईले संगठनले स्थापना कालदेखि परिकल्पना गरेको बनभोज कार्यक्रमले सफलता पाएकोमा खुशी व्यक्त गर्दै, आगामी दिन हरुमा पनि उच्च सफलताको कामना र संगठनले गरेको सामाजिक काम प्रती हरदम साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

अन्त्यमा:कार्यक्रमका सभापति तथा संगठनका अध्यक्ष देव परियारले अन्तरास्ट्रिय नेपाली समाज कतार एउटा राजनीतिक दलको भातृ संगठन भएतापनि यसले राजनीतिकका साथसाथै विभिन्न सामाजिक क्रियाकलापहरु पनि गर्दै आएको बताएका थिए।गत हप्ता नेपालको बारा र पर्सामा आएको विनासकारी हुरीका कारण ठुलो जनधनको क्षेति भएकोमा दुख ब्यक्त गर्दै संगठनले पार्टीको केन्द्र मार्फत राहत स्वरुप नेपाली रु. ५१००० ( एकाउन्न हजार ) सहयोग गरेको जानकारी गराउदै उपस्थित सबै लाई धन्यबादको साथमा नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.