News Portal

बुलेट प्रुफ गाडिमा २ बडीगार्ड सहित हिँड्ने यो हो विश्वकै महंगो कुकुर

एजेन्सी | कुकुरलाई बफादार प्राणीको रुपमा लिइन्छ । त्यसैले कुकुरलाई महँगो मुल्य हालेर भएपनि किन्ने गर्छन् । यस्तै कोलम्बियामा एउटा कुकुरको मुल्य निकै महँगो तोकिएको छ ।सोम्ब्रा नामको उक्त कुकुरको टाउकोको मूल्य ७६ लाख रुपैयाँ तोकिएको बताइएको छ । उक्त सोम्ब्रा नामको ६ वर्षे जर्मन सेफर्डको सुरक्षाका लागी तालिम प्राप्त २ बन्दुकधारी पनि राखिएको छ ।

उक्त कुकुर निकै महँगो हुनाले त्यो कुकुर बाहिर हिड्दा पनि बुलेट प्रुफ गाडिमा हिड्छ । उसलाई सुरक्षा दिने २ बडीगार्ड पनि छन् । हिँड्दा बुलेट प्रुफ गाडिमा २ बडीगार्ड सहित त्यो कुकुर हिड्छ । यति सामान्य कुकुरको मुल्य यति महँगो किन राखियो भन्ने कौतुहलता सबैमा पक्कै छ । उक्त कुकुरले अहिलेसम्म २०० जनालाई पक्राउ गर्नुका साथै ९ टन लागुपदार्थ जफत गरिसकेको छ । टाउकोको मूल्य विश्वकै महंगो भएको हो । अहिले यो कुकुरलाइ हिरो नै मानिएको छ ।

Leave A Reply

Your email address will not be published.