News Portal

मुन्द्रेको कमेडी क्लबमा आए नायक सलिनमान बनिया , सलोन बस्नेत र मल्लिका ,फुलन्देकी आमा र लट्टेले हसाउनु हसाए

काठमाडौँ |अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । यो एपिसोडमा चलचित्र यात्राका चर्चित नायक सलिनमान बनिया , सलोन बस्नेत र डेब्यु गर्ल मल्लिका महत पुगेका छन् । हेर्नुहोस् मुन्द्रेको कमेडी क्लबमा नायक सलिनमान बनिया , सलोन बस्नेत ,डेब्यु गर्ल मल्लिका महतको यस्तो रमाइलो कमेडी ।

 

Leave A Reply

Your email address will not be published.