News Portal

सौतेलो छोरीलाई धम्की देखाएर बलात्कार गर्ने बाबु पक्राउ

चैत २६ काठमाडौं । विगत दुई वर्षदेखि धम्की देखाएर सौतेलो छोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे सौतेलो छोरीलाई चैत १४ गते अपराह्न ४ बजे कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई पक्राउ गरेको हो ।

छोरी बलात्कार गर्ने बाबुविरुद्ध किशोरीको आमाले दिएकी किटानी जाहेरी थिइन। किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरेको हो । उनलाई सोमबार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.