News Portal

मादक पदार्थ सेवन गरी श्रीमानले सुत्केरी भएकै दिन टाउकोमा चिरपट हाने

चैत २६पर्वत । सुत्केरी भएकै दिन आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्। पर्वतको फलेवास नगरपालिका-२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमति मुना नेपालीलाई आइतबार राति मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

आइतबार राती ९ बजे ३३ वर्षीया श्रीमती मुना नेपालीलाई मादक पदार्थ सेवन गरी चिपर्ट प्रहार गरेका हुन् । घाइते श्रीमतीको टाउकोमा ३१ टाका लगाइएको छ ।छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले श्रीमानलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

आइतबार बिहान घरमा नै नवशिशु छोरा लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्। आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचार का लागि सोमबार दिउँसो पोखरा पठाइएको हो।

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन्। मदनले मदिराको नसामा सुत्केरी श्रीमतिमाथि हातपात गरेका हुन्।रक्सीले मात्तिदै घरमा आएका उनले एक्‍कासी आफूमाथि हातपात गरेको पीडित महिला मुनाले बताइन्।

घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफू बाँच्न सफल भएको पीडित महिलाले बताइन्। छिमेकीकै सहयोगमा प्रहरीले जानकारी पाएपछि फलेवास नगरपालिका-१ कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन्।पीडितबाट लिखितरुपमा उजुरी नआइसकेकाले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तसँग सम्पर्क भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

पीडित महिलाका माइती पक्षका आफन्त कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायत व्यक्तिले उनलाई अस्पतालमा लैजान सहयोग गरेका थिए। आफूसँग उपचारका लागि आवश्यक रकम नभएका कारण सहयोगी मनसँग आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेकी छन्।

Leave A Reply

Your email address will not be published.