News Portal

स्वास्थ्य सेवा ठप्प रहेको वीर अस्पतालमा सुरक्षाकर्मी परिचालन गरी सेवा सूचारु

चैत २७ काठमाडौं। समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण स्वास्थ्य सेवा ठप्प रहेको वीर अस्पताल बुधबारदेखि सुचारु भएको छ ।उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा सुरक्षाकर्मी परिचालन गरी बुधबार बहिरंग विभाग (ओपिडि)को टिकट वितरण गरिएको हो।

सरकारी चिकित्सक संघ (गोदान)को आव्हानमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका कारण आकस्मिक बाहेकका अन्य सेवा शुक्रबारदेखि बन्द रहेकोमा आज सुचारु भएका हुन् ।ओपिडिको टिकट वितरण गरी सेवा सूचारु गरिएको वीर अस्पतालले बताएको छ ।

Leave A Reply

Your email address will not be published.