News Portal

विप्लव समूहका इन्जार्च हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई छुटाउन छोरीले दिएको रिट सर्वोच्चद्वारा खारेज

चैत २७ काठमाडौं । विप्लव समूहका मध्यकमाण्ड इन्जार्च हेमन्तप्रकाश ओली ‘सुदर्शन’ की छोरीले दिएको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोचच अदालतले खारेज गरिदिएको छ ।

बुधबार अदालतका न्यायधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले सुदर्शनकी छोरी विपना ओलीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का तेस्रो बरियताका नेता ओलीलाई बुधबार नै सर्वोच्च अदालत उपस्थित गराइएको थियो ।

गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटमा परी एकजनाको मृत्यु भएको थियो । सो घटनाको जिम्मा लिएका ओलीलाई प्रहरीले चैत ९ गते पक्रेको थियो ।

प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरूणबेसीबाट पक्राउ गरेको हो ।पक्राउ गरेसँगै ओलीको छोरी विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै अदालतमा रिट दिएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.