News Portal

‘दाल भात तरकारी’टिमले दमकमा धुम मच्चायाे (भिडियाे सहित)

चैत २७ दमक। मह संचारको व्यानरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको सहकार्यमा निर्माण भएको नयाँ सिनेमा ‘दाल भात तरकारी’ आउँदो वर्षको बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले अब प्रचार-प्रसारलाई तिव्रता दिने भएको छ । सिनेमा युनिट यही चैत २५ गतेदेखि मोफसल दौडाहामा निस्किएको छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर विर्तामोडदेखि पोखरासम्म हुनेछ । प्रस्तुतकर्ता किरण केसीका अनुसार, मोफसलका दश शहरमा सिनेमाको कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछ ।

चैत २५ मा विर्तामोड, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना हुने निर्देशक सुदनले जानकारी दिए । मोफसल टुरमा रहेका ‘दाल भात तरकारी यात्रा’ दमकमा हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, विल्सन विक्रम राई,आँचल शर्मा, गायिका जुनु रिजाल रामचन्द्र काफ्लेलगायत सहभागी भएका थिए ।

कथा, पटकथा तथा संवाद हरिवंश आचार्यदे लेखेकाे उक्त चलचित्रमा निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल र नरेन्द्र कंसाकार लगायतको लगानी रहेको छ । आज दमकमा उक्त टिमले पशुहाट नजिक सागितिक कार्यक्रमको समेत आयोजना गरेको थियाे।

उक्त चलचित्र ‘दाल भात तरकारी’ सुदन केसीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । हेर्नुहाे दमककाे प्रस्तुती भिडियाेः

Leave A Reply

Your email address will not be published.