News Portal

जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु

चैत २८ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।लु १ ज १९५७ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो ।दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ । 

धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।अर्का मृतकको भने पहिचान खुलेको छैन ।

जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै थियो । जिपमा १० जना सवार थिए । जिप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार गर्न लगिएको छ ।

Leave A Reply

Your email address will not be published.