News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु, एक जना घाइते

चैत २८ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

गए राति पूर्व राजा ज्ञानेन्द्र शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । प्रहरी स्रोतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

Leave A Reply

Your email address will not be published.