News Portal

विमानस्थलबाट साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं ।बिहीबार राति त्रिभुवन विमानस्थलबाट साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेको हो ।

बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीलेचेकजाँच गर्दा शरीरमा धातु भएको संकेत देखिएपछि पक्राउ गरिएको थियो । शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको बताइएको छ ।प्रहरीले उनीहरु बारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.