News Portal

नायिका श्वेता खड्काले बनाइन् माझी बस्तीमा यस्ता ५३ वटा सून्दर घर

काठमाडौं केहि समय अघि नेपाली चलचित्र क्षेत्रमा नायिका श्वेता खड्का निकै चर्चामा आइन् ।उनी फिल्म कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘कोहिनूर’, ‘कान्छी’ आदि फिल्म बाट निकै चर्चामा आइन ।पछिल्लो समय नायिका श्वेता खड्का फिल्म क्षेत्रमा भन्दा समाजिक क्षेत्रमा निकै लागी परेकी छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा नमुना बस्ती बनाएकी छन् ।

उनले भीमटार माझी बस्तीमा ५३ वटा सुन्दर घर ठडाएकी छिन् ।नायिका श्वेता खड्काले ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि घरहरु ठडाएकी हुन् । भीमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउन्डेसनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ । नायिका श्वेता खड्काले काम अन्तिम चरणमा पुगेको बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.