News Portal

पहिलो खेलमा सानदार जित हात पारेको नेपाल युएईविरुद्ध दोस्रो जितको खोजीमा

चैत ३० काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो टोली युनाईटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गर्दैछ ।क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ । र, दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । युएईविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।कप्तान रोहित पौडेल र पवन सर्राफ चम्किएपछि नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । नेपाल सिंगापुरविरुद्धको उक्त जितले थप हौसिएको छ ।

छनोटको पहिलो खेल सकिदा नेपालले २ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा रहेको छ । युएई २ अंकसहित तेस्रो स्थानमा छ ।नेपालविरुद्ध मैदान उत्रदा युएई पनि दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा युएईले मलेसियालाई ५ विकेटले हराएको थियो ।

Leave A Reply

Your email address will not be published.