News Portal

काभ्रेमा ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । काभ्रेमा ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा मोटरसाइकल चालक बनेपाको लिन इन्टरनेशनल एकेडेमीमा कार्यरत गणेश तामाङ रहेका छन् ।अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा साँगातर्फ जाँदै गरेको बा ७९ प ९३८८ नम्बरको मोटरसाइकललाई ना ३ ख ६७८३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गणेशको ज्यान गएको हो ।

 

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार यसोदा हमाल घाइते भएको प्रहरीले जनाएको छ । घाइते हमालको धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याईएको बताइएको छ । प्रहरीले ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.