News Portal

झापामा बोलेरो जीपको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । झापामा बोलेरो जीपको ठक्करबाट एकजनाको ज्यान गएको छ ।ज्यान जानेमा पैदलयात्री अन्दाजी ७० वर्षीय वृद्ध रहेका छन् ।उनको झापाको मेचीनगर स्थित कालीझोडामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपको ठक्करबाट ज्यान गएको हो । जीपको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो ।ज्यान जाने पैदलयात्रीको सनाखत हुन सकेको छैन।

उक्त बोलेरो जीपले पैदलयात्रीलाई ठक्कर दिँदै अनियन्त्रित भएर अर्को मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । घाइते भएका उनीहरुको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जीप चालक शिवसताक्षी नगरपालिका १ का युवराज शंकरलाई नियन्त्रणमा लिएको छ । अर्का जिप चालक भने फरार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.