News Portal

राजपाको राजविराजमा प्रदर्शनः सविधान संशोधन, रेशम चौधरी रिहा लगायतका माग

चैत्र ३० राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारविरुद्ध शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ।

सविधान संशोधन गर्नुपर्ने, लाल आयोग प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी, राजबन्दीलाई तत्काल रिहा गर्नुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने लगायतका माग राख्दै राजपाले राजविराजमा प्रदर्शन गरेको हो।

त्यसैगरी राजपाले भ्रष्टचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि रोक्नुपर्ने माग गरेको छ। त्यसैगरी राजपाले भ्रष्टचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि रोक्नुपर्ने माग गरेको छ।जिल्ला समितिको अगुवाईमा सरकारबिरुद्व प्रदर्शन भएपनि सहभागिता न्यून देखिएको छ । जिल्लास्तरीय नेताहरुले छोटो समयमा प्रदर्शन गर्नुपरेकाले सहभागिता जुटाउन नसकिएको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा पनि राजपाले प्रदर्शन गरेको छ । राजविराजको शिब मन्दिर प्राङ्णबाट निकालिएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

Leave A Reply

Your email address will not be published.