News Portal

सर्लाहीमा बस पल्टिँदा तीन जनाकाे मृत्यु ,चार जना गम्भीर घाइते

बैशाख १ सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत बगवानीको जंगलमा आइतबार बिहान बा३ख १३१८ नम्बरको बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ।

उक्त बस काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।मृत्यु हुनेहरुमा सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरी छन् । घाइते ३१ घाइते चार जनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुकाे विराटनगरमा उपचार भइरहेकाे तथा सामान्य घाइतेकाे लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाकाे थप विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.