News Portal

हर्षोल्लाषका साथ भक्तपुरमा मनाइयो सिन्दुरे जात्रा

बैसाख ०३ भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो।

सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको छ।

सोमबार बिहान मध्यपुर थिमी नपाको बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा पनि सिन्दूर जात्रा हर्षोल्लाषका साथ मनाइएको छ।

 

बालकुमारी मन्दिर परिसरमा दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी, चलाखु, दिगुटोललगायतका टोलमा परिक्रमा गराइएको थियो।

स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दूर छर्कने भएकाले यस जात्रालाई सिन्दूर जात्रा भन्ने गरिएको छ।

त्यस्तै नगदेशमा सिद्धि गणेशको जात्रा मनाइएको छ। नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको थियो। उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका थिए।

Leave A Reply

Your email address will not be published.