News Portal

भारतीय नायिका प्रियंका माथि यौन शोषण भएको खुलासा

वैशाख ३एजेन्सी। अमेरिकी गायक निक जोनसित केही महिनाअघि मात्रै विहे गरेकी भारतीय नायिका प्रियंका चोपडाले आफूमाथि यौन शोषण भएको बताएकी छन् ।उनी अमेरिकाको न्युयोर्कमा भएको १०औं वार्षिक महिला सम्मेलनमा सहभागी भएकी थिइन् । जहा उनले आफूमाथि पनि यौन शोषण भएको बताएकी हुन् ।

सम्मेलनमा उनले यौन शोषणको बारेमा बोल्न डराउन नहुने समेत बताएकी छन् ।विश्वका विभिन्न मुलुकबाट सहभागी भएका महिलाहरुले सम्मेलनमा महिलाका विषयमा आ-आफ्नो धारणा राखेका थिए । जसमध्ये यौन उत्पीडन एउटा विषय थियो ।

प्रियंकाले महिलासँग यौन उत्पीडन पनि जोडिएर आउने बताइन् ।  भारतीय मिडिया दैनिक जागरणबाट

Leave A Reply

Your email address will not be published.