News Portal

बलिउडमा बराबरीको दर्जा नमिलेको भन्दै यसरी पोखि सोनम कपुरले दुखेसो

काठमाडौं । अभिनेत्री सोनम कपुरले आफ्नो वैवाहिक जीवन निकै उल्लासयम रहेको बताएकी छिन् । उनी पति आनन्द आहुजाका साथ खिचिएका फोटा सोसयल मिडियामा सेयर गरिरहन्छिन् । हालै एक कार्यक्रममा सोनमले फिल्म उद्योग र पति आनन्दका बारेमा कुरा गरिन् । सोनमले महिला भएकै कारण अहिलेसम्म बलिउडमा आफूलाई बराबारीको दर्जा नमिलेको दुखेसो पोखिन् ।

उनले भनेकी छिन्, ‘म भन्न चाहन्छु कि तपाईं भलै महिला हुनुस्, तर कुनै कुरामा पनि सम्झौता नगर्नुस् ।’ उनले आफूलाई पति आनन्दको निकै सहयोग रहेको बताइन् । गत वर्ष सिख रीतिअनुसार सोनम र आनन्दले बिहे गरेका हुन् । बिहेलगत्तै सोनमले ‘सञ्जु’, ‘बिरे दी वेडिङ’ र ‘एक लड्कीको देखा तो ऐसा लगा’ फिल्ममा अभिनय गरिन् । नयाँ पत्रिकामा खबर छ । एक लड्कीको देखा तो ऐसा लगामा सोनमले पहिलोपटक बाबु अनील कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.