News Portal

जिप दुर्घटना हुँदा चालकको मृत्यु

बेझाड। रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ। लु१ज १७८६ नंको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो।

स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो। दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो।

Leave A Reply

Your email address will not be published.