News Portal

स्कुल बसमा गर्यो आगजनी

काठमाडौँ । आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाब उपत्यकासहित देशभरी परेको छ । त्यस्तै आज बिप्लप नेतृत्वको नेकपा माओवादी समूहले गरेको बन्दका क्रममा झापामा एक स्कुल बसमाथि आगजनी भएको छ ।नेपाल बन्दको अवज्ञा गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले झापामा एक स्कुल बसमाथि आगजनी गरेका हुन् ।

बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले बिहिबार दिउँसो काठमाडौं आउँदै गरेको आर जे ०२ जिबि २८७० नंबरको भारतीय ट्रकमा आगजनी गरेका थिए।त्यस्तै आज मकवानपुरका दुई ठाउँमा दुईवटा गाडीमा आगजनी गरेका थिए । आज विप्लव नेतृत्वको नेकपाले गरेको बन्दले बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चलेका छन् ।आज बन्दको प्रभाब उपत्यकासहित देशभरी परेको छ ।

Leave A Reply

Your email address will not be published.