News Portal

स्थानिय बासी भन्छन – मानसीक सन्तुलन गुमेकी महीलाले बम ल्याएर राखिन

विप्लब समुहको नेपाल बन्दको दिन आज पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा एक नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका छन् ।डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेना कै बारुद पड्कीदा थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।

नदी पुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै न्युरोड पोखरा ट्रेडमहल पछाडिको गल्लीमा एक जना सुस्त मनस्थीती रहेको महीलाले छाता भनेर बम बोकेर ल्याएर राखेपछि त्यहाको स्थीती एक छीन तनाब ग्रस्त बन्यो स्थानिय बासी भन्छन मानसीक सन्तुलन गुमेकी महीलाले बम ल्याएर राखिन त्यो पनि नेपाली सेनाले सफल डीस्पोज गरेको छ ।बम डीस्पोज कसरी गरे सेनाले भीडीयो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.