News Portal

तनहुँको भिमादमा आज बिहान भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

दमौली । तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिनुभयो ।

रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम राखेको अनुमान गरिएको छ । यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.