News Portal

प्राध्यापकलाई बिद्यार्थीले लगाए कालोमोसो र जुत्ताको माला, प्रहरी खोज्दै

कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका बिद्यार्थीहरुले त्यहाका सहायक डिन तथा प्राध्यापक बिष्णु ओझालाई कालोमोसो र जुत्ताको माला लगाए । त्यसपछी ओझाले ६ जना बिद्यार्थी बिरुद्ध प्रहरीकोमा जाहेरी दिए । अहिले प्रहरीले ति बिद्यार्थीलाई खोजिरहेको छ । बिद्यार्थी फरार छन । तर गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले फरार रहेका बिद्यार्थी सहित कालोमोसो र जुत्ताको माला लागाइएका प्राध्यापक र प्रहरीको अन्तरवार्ता एउटै कार्यक्रममा समेटेको छ ।

चितवनको रामपुरमा रहेको कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयको यो काण्ड अहिले चर्चित छ । यो बिषय संगै गण्डकी छड्केको यो सिजनको ५०औं श्रृखला लाई बिशेष बनाइएको छ । हेर्नुहोस गण्डकी छड्केको ५०औं बिशेष श्रृखला : प्राध्यापकलाई बिद्यार्थीको कालोमोसो र जुत्ताको माला। प्रहरी खोज्दै।जंगलमा गोप्य अन्तरवार्ता

Leave A Reply

Your email address will not be published.