News Portal

२९ वर्षीया रिना बस्नेतको शव स्थानीय बजारमा फेला

मोरङ । मोरङमा एक युवतीको शव नग्न अवस्थामा फेला परेको छ । जिल्लाको पथरीशनिश्चरे नगरपालिका १ की २९ वर्षीया रिना बस्नेतको शव स्थानीय बजारमा फेला परेको हो ।

रिनाका श्रीमान वैदेशिक रोजगारीका क्रममा रहेका छन् । १४ वर्षिया छोरासँग बस्ने उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन् ।ईलाका प्रहरी कार्यालय पथरीका अनुसार शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने देखिएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.